नियम
इजाजतपत्र रद्द भएमा मौज्दात रहेको वस्तु विक्री गर्ने
ऐन तथा यस नियमावली बमोजिम इजाजतपत्र रद्द हुँदाका अवस्थामा गोदाममा मौज्दात रहेका वस्तुका हकमा वक्यौता अन्तशुल्क बुझाइ विभागको स्वीकृति लिई विक्री गर्न सकिनेछ । विभागलाई वुझाउनु पर्ने वक्यौता अन्तशुल्क नबुझाएमा विभागले त्यस्तो वस्तु लिलाम विक्री गरी प्राप्त भएको रकमबाट वक्यौता अन्तशुल्क लिई बाँकी रहन गएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नु पर्नेछ ।